• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाली फुटबललाई टेवा पुर्याउन हातेमालो गरौँ - सुजल
खेलपाटी संवाददाता
सोमबार, मंसिर १९, २०७९ खेलपाटी संवाददाता
नेपाली फुटबललाई टेवा पुर्याउन हातेमालो गरौँ - सुजल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठले अन्योलमा रहेको आसन्न सहिद स्मारक 'ए' डिभिजन लिगबारे अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबलाई प्रश्न गरेका छन् ।

राष्ट्रिय टिमका मिडफिल्डर सुजलले सोमबार सामाजिक संजाल फेसबुकबाट एन्फा र क्लबलाई प्रश्न गरेका छन् ।

सुजनले घरेलु फुटबल हुने नहुनेमा अनभिज्ञ रहेको बताउँदै खेलाडीलाई खेल नदिने उदेश्य हो भने खेलाडीहरु खुशी हुनुको विकल्प नरहेको बताएका छन् ।

'हाल सुन्नमा आयो कि नेपाली घरेलु फुटबल फेरि पनि सर्ने संघारमा रहेको रहेछ। हुन्छ वा हुदैंन त्यसमा पनि हामी अनभिज्ञ छौ। धन्यवाद तपाईहरु सम्पूर्णमा हामी खेलाडीहरुको तर्फबाट। ठिकै हो खेलाडीहरुले खेल्न नपाउनु तपाईहरुको उदेश्य नै हो भने हामी खुशी हुनु नै पर्छ,' सुजलले प्रश्न गरेका छन्, 'तर एउटा प्रश्न चाँहि गर्न मन लागेको छ। तपाईहरुले आफ्नो वाचा अनुसारको रकम नपाउँदा खेललाई समयमा खेल्न नसकिने कुरा सहि हुन पनि सक्छ तसर्थ अखिल नेपाल फुटबल संघले आफ्नो वाचालाई यथा शिघ्र निभाउनु पर्छ नै तर प्रश्न यो रह्यो कि एकाध क्लब बाहेक केहि क्लबहरुले आफूले खेलाडीहरुलाई प्रयोग गरे बापत वाचा र सहमति अनुसारको पारिश्रमिक समयमा र पूर्ण उपलब्ध गराउनु भएको छ त? सायद जवाफ सकारात्मक आउदैन नै होला।'

एन्फाले शीर्ष डिभिजन लिग पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, लिगको तयारीको विषयमा पछिल्लो समय एन्फासँग ए डिभिजनका क्लबहरुले असन्तुष्टि जनाएका छन् ।

लिगको तयारी खर्च वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने पूर्व सहमती एन्फाले पालना नगरेको क्लबहरुको आरोप छ । एन्फाले लिगको तयारी खर्च वापत ए डिभिजन क्लबलाई प्रति क्लब ३२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सो वापतको आधा रकम मंसिर १५ भित्र किस्तामा भुक्तानी गर्ने एन्फा र क्लबबीच सहमती बनेको थियो । 

क्लबहरुले एन्फासँग गत सिजनको तयारी खर्च, पुरस्कार वापतको रकम पनि पाउन बाँकी छ । नयाँ सिजनको लिग सुरु गर्ने सन्दर्भमा एन्फा र क्लबले आन्तरिक छलफल गरि अघिल्लो वर्षको बाँकी रकम र नयाँ सिजनको तयारी वापतको ५० प्रतिशत रकम मंसिर १५ भित्र भुक्तानी गर्ने सहमती बनेको थियो । तयारी खर्चको सन्दर्भमा सहमती बनेपछि पुस २६ गतेबाट लिग सुरु गर्ने औपचारिक निर्णय गरेको थियो । 

तर पूर्व सहमती अनुसार एन्फाबाट मंसिर १६ गतेसम्म समेत क्लबले तयारी खर्च नपाएपछि लिगको तयारीको सन्दर्भमा क्लबहरुले असन्तुष्टि जनाएका छन् । 

यस्तै सुजलले कठिनाइका बाबजुत नेपाली फुटबललाई टेवा पुर्याउन हातेमालो गर्न आह्वान गरेका छन् । 

'नेपाली राष्ट्रिय खेलाडीहरुले (उमेर समुह देखि महिलासम्म) विभिन्न समयमा मेहेनत पश्चात राष्ट्रको निम्ति उपाधि जित्दा एन्फाबाट वाचा गरे अनुरुप थुप्रै पुरस्कारहरु आज सम्म पनि उपलब्ध भएको छैन तर पनि हामी समझदारीमा छौ र नेपाली फुटबलमा बाधक बनेनौ र जिवनभर कहिले पनि बन्ने छैनौ। हामीलाई विश्वास छ कि सम्बन्धित निकायले यो कुरालाई गम्भिरता पूर्वक लिने नै छ,' उनले लेखेका छन्, 'तसर्थ जसरी आजको दिन सम्म हामी खेलाडीहरुले समझदारी गरेर अघि बढी रहेका छौ, हामी अनुरोध गर्दछौ कि हामी सम्पूर्ण मिलेर आपसी समझदारी र मेहेनतमा नेपाली फुटबललाई टेवा पु¥याउन हातेमालो गरौ। हामी र आउने हरेक पुस्ताले खेल्न पाउने स्वच्छ वातावरण सृजना भएको होस् र सम्पूर्ण नेपाली फुटबल प्रेमीहरु र सिंगो राष्ट्रले नै फुटबलद्वारा गर्व गर्ने क्षण मिलेको होस्।'

एन्फाले यस पटक लिगलाई डबल राउण्डमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै क्लबलाई तयारी वापतको ३२ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । तर नियमित आय स्रोत नभएको एन्फाले क्लबलाई तयारी वापतको यति ठुलो रकम दिन गाह्रो देखिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP