आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

यू-१९ राष्ट्रिय क्रिकेट हालसम्म सर्वाधिक रन बनाउँने पाँच ब्याट्सम्यान

आइतबार, १८ मंसिर २०७९खेलपाटी संवाददाता
यू-१९ राष्ट्रिय क्रिकेट हालसम्म सर्वाधिक रन बनाउँने पाँच ब्याट्सम्यान
Loading ad...
mustang rice ad

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल समिकरण पूरा भईसकेको छ।

फाइनलमा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाईनल खेल सोमबार टियू मैदानमा हुनेछ । 

यस प्रतियोगितामा अपेक्षा गरिएका केही ब्याटरबाट रन नबन्दा केही नयाँ प्रतिभा समेत देखिएको छ । प्रतियोगिताको समूह चरणका खेलहरु सकिदा सम्म सर्वाधिक रन बनाउँने ब्याट्सम्यानको र्शीष ५ मा रहेको नाम यसप्रकार रहेको छ :

१) प्रतिक श्रेष्ठ 

बागमतीका ब्याटर रहेका श्रेष्ठले प्रतियोगिताको ६ खेलमा १ शतक सहित २ सय ५१ रन बनाए । उनले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशको टोलीविरुद्ध ८ रन बनाएका थिए । दोस्रो खेलमा प्रदेश१ को टोलीविरुद्ध अविजित १ सय ४२ रन बनाए ।

तेस्रो खेलमा मधेश प्रदेशको टोलीविरुद्ध ३० रन बनाएका थिए । चौथो खेलमा कर्णाली प्रदेशविरुद्ध ब्याटिङको अवसर नपाएका श्रेष्ठले पाँचौ खेलमा लुम्बिनी प्रदेशविरुद्ध २७ रन बनाएका थिए । बागमतीको छैठौं तथा समूह चरणको अन्तिम खेलमा प्रतिकले ४४ रन बनाएका थिए । 

सर्वाधिक रन बनाउँने ब्याट्सम्यानको र्शीषस्थानमा रहेका प्रतिक आबद्ध बागमती प्रदेश फाईनल प्रवेश गर्न सकेन । 

२) अर्जुन कुमाल 

गण्डकी प्रदेशका भरपर्दा ब्याटर कुमालले यस प्रतियोगिताको ६ खेलमा ९८ रनको सर्वाधिक स्कोरको सहयोगमा  २ सय १० रन बनाएका थिए । २ सय १० रनका साथ कुमाल यस सूचीको दोस्रो स्थानमा रहेका छन् । कुमालले बागमतीसँगको पहिलो खेलमा ९८ रनको योगदान गरे । दोस्रो खेलमा उनले प्रदेश१ विरुद्ध २२ रन बनाएका थिए । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशका विरुद्ध कुमालले २० रनको योगदान गरे । 

चौथो खेलमा लुम्बिनी प्रदेशसँगको खेलमा अर्जुनले ९ रन बनाएका थिए । समूह चरणको पाँचौ खेलमा कुमालले कर्णाली प्रदेशकाविरुद्ध ५० रन बनाएका थिए । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँगको खेलमा कुमालले ११ रन बनाएका थिए । कुमाल आबद्ध गण्डकी प्रदेशले समूह चरणमा नै आफ्नो यात्रा समाप्त गरेको छ । 

३) आकाश त्रिपाटी 

लुम्बिनी प्रदेशका ब्याटर आकाशले यस प्रतियोगिताको ६ खेलमा १ सय ९९ रन बनाएका छन् । त्रिपाटी यस सूचीको तेस्रो स्थानमा रहेका छन् । त्रिपाटीले सुदुरपश्चिमसँगको पहिलो खेलमा २२ रन बनाएका थिए । दोस्रो खेलमा कर्णाली प्रदेशकाविरुद्ध त्रिपाटीले अविजित ५२ रन बनाएका थिए । गण्डकी प्रदेशसँगको तेस्रो खेलमा त्रिपाटीले ४५ रन बनाएका थिए । चौथो खेलमा बागमती प्रदेशविरुद्ध ४० रन बनाएका थिए । 

पाचौं खेलमा प्रदेश-१ विरुद्ध उनले १७ रन बनाएका थिए । छैठौं खेलमा मधेश प्रदेशविरुद्ध आकाशले २३ रन बनाएका थिए । साबिकको बिजेता लुम्बिनी फाईनल प्रवेश गरेको छ । 

४) अनुराग सिंह

सुदुरपश्चिम प्रदेश टोलीका कप्तान सिंहले यस प्रतियोगिताको समूह चरणका ६ खेलमा ८३ रनको सर्वाधिक व्यक्तिगत स्कोरबाट १ सय ८० रन बनाएका छन् । कर्णाली प्रदेशसँग भएको पहिलो खेलमा कप्तान सिंहले १० रन बनाएका थिए । लुम्बिनी प्रदेशसँगको आफ्नो टोलीको दोस्रो खेलमा उनले ९ रनको योगदान गरेका थिए । 

तेस्रो खेलमा गण्डकी प्रदेशका विरुद्ध महत्वपूर्ण ३७ रन बनाई आउट भए । चौथो खेलमा प्रदेश१ विरुद्ध सिंहले ८३ रन जोडेका थिए । पाँचौ खेलमा मधेश प्रदेशविरुद्ध कप्तान सिंहले अविजित २ तथा समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशका विरुद्ध अविजित ३९ रन बनाएका थिए । आफ्नो कप्तानीमा सिंहले सुदुरपश्चिमलाई अपराजित रुपमा फाईनलसम्म पुर्याएका छन् ।

५) उत्तम थापा मगर 

बागमती टोलीका सदस्य थापा मगरले समूह चरणका ६ खेलमा ८७ रनको सर्वाधिक व्ययक्तिगत रनमा १ सय ७३ रन बनाएका छन् । गण्डकी प्रदेश विरुद्धको पहिलो खेलमा उत्तमले ८७ रनको ईनिङ खेलेका थिए । समूह चरणको दोस्रो खेलमा प्रदेश१ विरुद्ध ० रनमा नै आउट भएका थापाले मधेशविरुद्धको तेस्रो खेलमा ७१ रनको योगदान गरेका थिए । 

कर्णाली प्रदेशसँग बागमतीको चौथो खेलमा उनले १ रन बनाएका थिए । लुम्बिनीसागको पाँचौ खेलमा थापाले ११ रन जोडेका थिए । समूह चरणको अन्तिम खेलमा उनले सुदुरपश्चिम प्रदेशका विरुद्ध ३ रन बनाएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’