राखेपका पूर्व सदस्य सचिव सिंहको निधन
बिहिबार, मंसिर १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको निधन भएको छ ।
ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन सेट रहेका सिंहको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको थियो ।
सिंह २०५९ सालदेखि २०६३ सम्म राखेपका सदस्य सचिव रहेका थिए ।
उनी ६ पटकको राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुन् ।
सिंहको श्रीमती र एक छोरी छन् ।
राखेपका पूर्व सदस्य सचिव सिंहको निधन







-1762154705887.png&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

