थ्री स्टारविरुद्ध एपीएफ (Video Live)
शुक्रबार, मंसिर १४, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विभागीय टिमविरुद्व मैदान उत्रदै गर्दा थ्री स्टारलाई कम्तिमा एक दिन भएपनि लिगको शीर्ष स्थानमा उक्लिने मौका छ ।
चौथो चरणको खेलमा एपीएफ क्लबले मनाङसंग २–१ को हार ब्यहोरेको थियो । थ्री स्टारले फ्रेन्ड्स क्लबसंग २–१ को जित निकालेको थियो ।
थ्री स्टार ३ जित, १ बराबरी सहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । एपीएफ एक जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको नवौ स्थानमा छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)