काठमाडौं । फ्रान्सले फरवार्ड करिम बेन्जिमाको स्थानमा अर्को खेलाडी टिममा नराख्ने भएको छ ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले बेन्जिमाको स्थानमा अर्को खेलाडी टिममा नराखिने बताएका छन् ।
फ्रेन्च टेलिभिजन टेलिफुटसँग कुरा गर्दै डेस्च्याम्पले अर्को खेलाडी नराखिने बताएका छन् ।
थाइ इन्जुरीको कारण बेन्जिमाले विश्वकप गुमाउने छन् । बेन्जिमाले प्रशिक्षणको दौरान चोट बोकेका थिए ।
२०२२ को बालोन डी'ओर विजेता बेन्जिमाले रियललाई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए ।
यस अघि फ्रान्सकै फरवार्ड क्रिस्टोफोर एनकुनकु पनि चोटका कारण विश्वकपबाट बाहिरीएका थिए ।
फ्रान्स विश्वकपमा समूह 'डी' मा रहेको छ ।
फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।