काठमाडौं । कतारी मुख्य प्रशिक्षल फिलिक्स साञ्चेज मान्छन्, आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्न पाउनु ऐतिहासिक क्षण हो । समूह एको खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतार विश्व वरीयताको ५० औं नम्बरमा छ । उसले समूह एमा इक्वेडर, सेनेगल र नेदरल्याण्डसँग खेल्नेछ ।
‘यो हाम्रा लागि निकै महत्वपुर्ण दिन हो । यो ऐतिहासिक क्षण हो । यसले हामी सबैलाई खुसी दिएको छ ।’ कतारी प्रशिक्षक साञ्चेजले भनेका छन् ।
‘यो अरु भन्दा उद्भुत दिन पनि हो । हामीले यस देशका लागि धेरै मेहनत गरेका छौं । हामी यस विश्वकपमा पुरा समर्पित छौं । धेरै लगानी पनि गरेका छौं ।’ उनले भने ।
‘मलाई आशा छ, यो एक शानदार पाटी हो । जहाँ हामी फुटबलको आनन्द लिन सक्छौं । र संसारका सबै मानिस मिलेर यस अनुभवको आनन्द लिन सक्छन् । म यो प्रतियोगितालाई सुरुवात गर्नका लागि खुसी छु ।’ उनले थपे ।
साञ्चेजले घरेलु मैदानमा घरेलु दर्शक अघि खेल्नु खास मान्छन् । विश्व वरीयताको आफुमाथि माथि रहेको टिमविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्छन् ।
‘हामी प्रतिस्पर्धामा उत्रन निकै उत्साहीत छौं । यस क्षणका लागि हामीले निकै समयबाट प्रतिक्षा गरिरहेका थियौं ।’ उनले भने, ‘हामी को हौं भन्ने बारे हामी सचेत छौं । हामी कहाँबाट आयौं र को विरुद्ध उत्रदैछौं भन्ने बारे सजक छौं । हामीलाई थाहा छ, यो ठुला चुनौती हो । यसरी खेल्न हामी निकै उत्सुक र खुसी छौं ।’
दोहामा रहेको अल सदबाट खेल्ने कप्तान हसन अल हेडोस भन्छन्, ‘प्रतियोगिताका लागि लिएर निकै गर्व महशुश गरेका छौं र उत्साहले भरिएका छौं ।’
‘विश्वकप खेल्न पाउनु गर्वको विषय हो,’ ३१ वर्षिय फरवार्डले भने, ‘यो कठिन जिम्मेवारी हो । तर हामी तयार छौं । यो टिमको नेतृत्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो ।’
‘यो सबै अरब राष्ट्रको विश्वकपको संस्करण हो । हामी आफ्नो प्रर्दशन र टिम भावका साथ राम्रो खेल्न सबै अरबको जिम्मेवारी लिन्छौं । हामीले सबै अरब राष्ट्रको तर्फबाट राम्रो प्रतिनिधित्व गर्न आवश्यक छ ।’ कप्तान हेडोसले भने ।