काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेडका फरवार्ड आशिष चौधरीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले शनिबार फरवार्ड आशिषले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै आशिष २०२४ को अन्तिमसम्म क्लबमा रहने छन् ।
राष्ट्रिय टिमका फरवार्ड आशिषले 'बी' डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै 'ए' डिभिजनमा उक्लिएको हो ।
आशिषले गत असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।