काठमाडौं । मैत्रीपूर्ण खेलमा इटालीले अल्बानियालाई पराजित गरेको छ ।
बुधबार राति भएको मैत्रीपूर्णमा इटालीले अल्बानियालाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा एड्रिन इस्माज्लीले गोल गर्दै अल्बानियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २० औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २५ औं मिनेटमा भिन्सेन्जो ग्रिफोले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ को जित दिलाए ।