काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनीले साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १-० गोल अन्तरले हराएको हो ।
जर्मनीको जितमा निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरेका हुन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा जर्मनी समूह 'ई' मा रहेको छ ।
यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ ।
जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।