बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा प्रवक्तालाई ६५ हजार तलब दिने निर्णय  

मंगलबार, कार्तिक २९, २०७९खेलपाटी संवाददाता
एन्फा प्रवक्तालाई ६५ हजार तलब दिने निर्णय  
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रवक्तालाई कर्मचारी सरह मासिक तलब दिने निर्णय गरेको छ ।

एन्फाको मंगलबार बसेको तेस्रो कार्यसमिति बैठकले प्रवक्ता सुरेश साहलाई मासिक ६५ हजार तलब दिने निर्णय गरेको हो ।

आर्थिक संकटबाट गुज्रिरहेको एन्फाले स्वयमसेवक भुमिकामा रहेका प्रवक्तालाई मासिक तलब दिने निर्णय गरेको हो । 
यसअघि प्रवक्ता नियुक्ति गर्दा संस्थालाई आर्थिक भार नपर्ने गरि पदाधिकारी नियुक्ति गर्ने सहमती बनेको थियो ।

अघिल्लो कार्यसमितिको सहमतीलाई उल्लंघन गर्दै एन्फाले प्रवक्ताको जिम्मेवारीमा रहेका सुरेश साहलाई कर्मचारी सरह मासिक तलबको व्यवस्था गरेको हो । 

साह तिनै व्यक्ति हुन्, जसले फुटबलमा आर्थिक सुशासनको पक्षमा सामाजिक सञ्जालमा वकालत गर्दै आएका थिए । स्वयम सेवक रुपमा फुटबल विकास गर्ने नारा सहित प्रवक्ताको जिम्मेवारी लिएका साहलाई मासिक ६५ हजार तलब दिने निर्णय एन्फाले गरेको हो । 

यसअघि एन्फाको प्रवक्ताको जिम्मेवारी किरण राईले पाएका थिए । उनले समेत तत्कालिन समयमा मासिक ४० हजारसम्म तलब बुझ्ने गरेका थिए । तत्कालिन समयमा एन्फा चुनावको मिति नजिकिएसँगै उनले प्रवक्ता पदबाट राजीनामा दिएर वर्तमान एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको प्यानलमा उभिएका थिए । 

उनै पूर्व प्रवक्ता राईलाई वर्तमान अध्यक्ष नेम्वाङले कार्यसमितिको पहिलो बैठकमार्फत महासचिवमा नियुक्त गरेका छन् । महासचिवमा नियुक्त भएपछि राईले मासिक १ लाख २० हजार रुपैयाँ तलब लिदै आएका छन् । वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव राई तिनै व्यक्ति हुन्, जसले तत्कालिन महासचिव इन्द्रमान तुलाधरले लाख बढी तलब लिने गरेको भन्दै सार्वजनीक रुपमा आलोचना गर्ने गरेका थिए ।

दुवैले महासचिवको तलब धेरै भएको भन्दै रकम घटाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । तर नेतृत्वमा पुगेपछि सोही तलब स्केललाई वर्तमान नेतृत्व र महासचिव राईले निरन्तरता दिएका छन् भने आर्थिक रुपमा कमजोर संस्थाको प्रवक्तालाई मासिक ६५ हजार रुपैयाँको आर्थिक भार थपेका छन् । 

  
 

Bajaj Pulsar Motorcycle Ad
#एन्फा प्रवक्ता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल