काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि सर्बियाले टिम घोषणा गरेको छ ।
सर्बियाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सर्बियाले डुसन टाडीचको कप्तानीमा टोली घोषणा गरेको हो ।
चोटका बाबजुत फुलहमका फरवार्ड मिट्रोभिच टोलीमा अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा सर्बिया समूह 'जी' मा रहेको छ ।
यस समूहमा ब्राजिल, स्विजरल्याण्ड र क्यामरुन रहेको छ ।
सर्बियाले नोभेम्बर २५ मा ब्राजिलविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
