काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्यान्ड्सले टिम घोषणा गरेको छ ।
नेदरल्यान्ड्सले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा नेदरल्यान्ड्स समूह 'ए' मा रहेको छ ।
यस समूहमा कतार, इक्वेडर र सेनेगल रहेको छ ।
नेदरल्यान्ड्सले नोभेम्बर २१ मा सेनेगलविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
