काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि स्पेनले टिम घोषणा गरेको छ ।
स्पेनले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
स्पेनले घोषणा गरेको टोलीमा एम्रिक लापोर्टे र रोड्री अटाएका छन् ।
तर, गोलकिपर डेभिड डी गिया र मिडफिल्डर थियागो अटाएका छैनन् ।
यस्तै सर्जियो रामोस समेत टिममा अटाएका छैनन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा स्पेन समूह 'ई' मा रहेको छ ।
यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ ।
स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
