काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालकी गोलकिपर सुजता तामाङले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारेकी छिन् ।
नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी सुजता उत्कृष्ट गोलकिपर चयन भएकी हुन् ।
डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दा सुजता नायक बनेकी थिइन् ।
सुजताले खेलमा एक पेनाल्टी बचाएकी थिइन् ।
सुजताको पेनाल्टी बचाउसँगै नेपाल च्याम्पियन बनेको थियो ।

यस्तै बंगलादेशकी सौरभी प्रितीले मोस्ट भ्यालुएबल अवार्ड जितिन् ।
९ गोल गरेकी उनी सर्वाधिक गोलकर्ता समेत बनिन् ।
फेयर प्ले अवार्ड बंगलादेशले हात पार्यो ।