पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई अग्रता
1667653472.jpg&w=3840&q=75)
काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको सामना गरिरहेको छ ।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेलिरहेको हो । ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
नेपालका लागि सुशिला केसीले १४ औं मिनेटमा गोल गरिन् ।
नेपाल र बंगलादेशबीचको यस खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।
नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ ।
नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।
यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।
बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।













-1763024272658.jpeg&w=3840&q=75)