काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि सेनेगलले टिम घोषणा गरेको छ ।
सेनेगलले शुक्रबार २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सेनेगलले घोषणा गरेको टोलीमा चोटका बाबजुत स्टार फरवार्ड साडियो मानेलाई राखिएको छ ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत गत हप्ता वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।
खुट्टाको टेण्डन चोट बोकेका मानेले यस अघि विश्वकप गुमाउने बताईएको थियो ।
कतार विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
