काठमाडौं । डेनमार्कले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा शोक रंगको जर्सी लगाउन नपाउने भएको छ।
आयोजक कतारले मानवअधिकार हनन गरेको र आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारको विरोध स्वरूप डेनमार्कले ‘टोन्ड डाउन’ जर्सी लगाउने निर्णय गरेको थियो ।
डेनमार्कको जर्सी उत्पादक कम्पनी हुमेलले शोक रंगको जर्सी डिजाइन गरेको थियो ।
तर, फिफाले डेनमार्कले गरेको प्रस्तावलाई अस्वीकार गरेको छ ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।