काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मोरक्कोले टिम घोषणा गरेको छ ।
मोरक्को बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मोरक्कोले घोषणा गरेको टोलीमा चेल्सीका हाकिम जिएच अटाएका छन् ।
सन्यास फिर्ता लिएसँगै जिएच कतार विश्वकपका लागि टोलीमा अटाएका हुन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा मोरक्को समूह 'एफ' मा रहेको छ ।
यस समूहमा बेल्जियम, क्यानडा र क्रोएसिया रहेको छ ।
मोरक्कोले नोभेम्बर २३ मा क्रोएसियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
