काराबाओ कप : चौंथो चरणमा सिटी र लिभरपुल भिड्ने
शुक्रबार, कार्तिक २५, २०७९खेलपाटी संवाददाता
काठमाडौं । काराबाओ कप फुटबलको चौंथो चरणको 'ड्र' सार्वजनिक भएको छ ।
इंग्ल्यान्ड एफएले शुक्रबार चौंथो चरणको 'ड्र' सार्वजनिक गरेको हो ।
आठ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौंथो चरणमा लिभरपुलको सामना गर्नेछ ।
म्यानचेस्टर युनाईटेडले बर्नलीसँग खेल्दा न्युकासलले बर्नेमाउथसँग खेल्नेछ ।
त्यस्तै लेस्टरले एमके डोन्ससँग खेल्दा ब्राइटनले चार्लटनको सामना गर्नेछ ।
साउथह्याम्पटनले लिन्कोल सिटी र उल्भ्सले गिलिनघमसँग चौंथो चरणमा खेल्नेछ ।
काराबाओ कप : चौंथो चरणमा सिटी र लिभरपुल भिड्ने








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)