रियलको जित
शुक्रबार, कार्तिक २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा रियलले काडिजलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४० औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा टोनी क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा काडिजका लुकास परेजले गोल गरेपनि रियल २-१ ले विजयी भयो ।
यस जितसँगै रियलले १४ खेलमा ३५ अंक जोडेको छ ।
रियल दोस्रो स्थानमा रहेको छ ।
काडिज ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
रियलको जित








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)