काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि क्यामरुनले टिम घोषणा गरेको छ ।
क्यामरुनले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
क्यामरुनले घोषणा गरेको टोलीमा ब्रेन्टफोर्डका फरवार्ड ब्रायन एमबेउमो अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा क्यामरुन समूह 'जी' मा रहेको छ ।
क्यामरुन रहेको समूहमा ब्राजिल, सर्बिया र स्विजरल्याण्ड छन् ।
क्यामरुनले नोभेम्बर २४ मा स्विजरल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
