काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि इंग्ल्यान्डले टिम घोषणा गरेको छ ।
इंग्ल्यान्डले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स म्याडिसन, मार्कस राषफोर्ड, कलुम विल्सन,केली वाल्कर, बेन ह्वाइट लगायतका खेलाडी अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा इंग्ल्यान्ड समूह 'बी' मा रहेको छ ।
यस समूहमा वेल्स, अमेरिका र इरान रहेको छ ।
इंग्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
