विश्वकप खेल्ने बेल्जियमको टोली घोषणा
बिहिबार, २४ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि बेल्जियमले टिम घोषणा गरेको छ ।
बेल्जियमले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
बेल्जियमले घोषणा गरेको टोलीमा पूर्ण फिट नभएपनि रोमेलु लुकाकु अटाएका छन् ।
बेल्जियमको टोलीमा केभिन डे ब्रुएनसहित प्रिमियर लिगका ६ खेलाडी अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा बेल्जियम समूह 'एफ' मा रहेको छ ।
यस समूहमा क्यानडा, मोरक्को र क्रोएसिया रहेको छ ।
बेल्जियमले नोभेम्बर २३ मा क्यानडाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने बेल्जियमको टोली घोषणा







-1770375849820.jpg&w=3840&q=75)






