विश्वकपका लागि जर्मनीको टिम घोषणा
बिहिबार, कार्तिक २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जर्मनीले टिम घोषणा गरेको छ ।
जर्मनीले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मिडफिल्डर मारियो गोट्जे पाँच वर्षपछि पहिलो पटक जर्मनीको टोलीमा पुनरागमन गरेका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा जर्मनी समूह 'ई' मा रहेको छ ।
यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ ।
जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकपका लागि जर्मनीको टिम घोषणा








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)