काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले नाथन जोन्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
साउथह्याम्पटनले बिहीबार नाथनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
वेल्सका ४९ वर्षीय नाथनले साउथह्याम्पटनसँग साढे ३ वर्षको सम्झौता गरेका छन् ।
च्याम्पियनसिप क्लब लुटोन टाउन छाडेर उनी साउथह्याम्पटनको मुख्य प्रशिक्षक बनेका हुन् ।
साउथह्याम्पटनले सोमबार मुख्य प्रशिक्षल राल्फ हसेनहटललाई बर्खास्त गरेको थियो ।
प्रिमियर लिगमा न्युकासलसँग ४-१ को हार व्यहोरेको दोस्रो दिन राल्फ बर्खास्तमा परेका हुन् ।
यस सिजन साउथह्याम्पटन १४ खेलमा १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
पछिल्लो पटक साउथह्याम्पटनले १९ अक्टोबरमा बर्नेमाउथविरुद्ध जित निकालेको थियो ।