मधेशद्वारा एपीएफलाई १२३ रनको लक्ष्य
बिहिबार, २४ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा मधेश प्रदेशले एपीएफलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए ।
अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए ।
एपीएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले २/२ विकेट लिए ।
मधेशद्वारा एपीएफलाई १२३ रनको लक्ष्य








-1766479491057.jpeg&w=3840&q=75)
_1727591754-1766731628489.jpg&w=3840&q=75)






