लुम्बिनीद्वारा पुलिसलाई १८९ रनको लक्ष्य
बिहिबार, कार्तिक १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो ।
लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।
विशाल बिक्रम केसीले ३० रन जोड्दा प्रज्वल थापाले २३ रन बनाए ।
दुर्गेश थापा र मोहमद हुसेनले समान ११/ ११ रन बनाए ।
पुलिसका दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए ।
सागर ढकाल र करण केसीले २/२ विकेट लिए ।
लुम्बिनीद्वारा पुलिसलाई १८९ रनको लक्ष्य










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

