प्रदेश-१ द्वारा पुलिसलाई १०३ रनको लक्ष्य
सोमबार, कार्तिक १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले नेपाल पुलिस क्लबलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायो ।
प्रदेश-१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए ।
विवेक आनन्द मेहेताले १७ रन जोडे ।
पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।
सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।
प्रदेश-१ द्वारा पुलिसलाई १०३ रनको लक्ष्य










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



