शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण

बिहिबार, ०३ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् ।

आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ ।

प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने निरीह रहे । प्रदेश १ ले एक रजत र ४ कास्य जित्यो भने मधेश प्रदेशले केबल १ कास्यमा चित्त बुझायो ।

वागमती प्रदेशले २ रजत र ५ कास्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कास्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कास्यमा चित्त बुझायो । कर्णालीले स्वर्ण, रजत र कास्यमा समान १÷१ पदक जितेको छ । सुदूर पश्चिमले ४ रजत र ८ कास्य पाएको छ ।

थाउलोतर्फ विभागीय टिम आर्मीले ६ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, वागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जिते ।

पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ रजत पदक जित्दा नेपाल प्रहरीका मनिष बुढाथोकीले कास्य पदक हात पारे ।

महिला थाईची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरे । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मिना ग्लान १८.४४ अंकका साथ रजत पदक जित्दा सुदूरपश्चिमकी पुष्पा कुँवरले कास्य हात पारिन् । मिनाको स्कोर १४.३१ छ ।

महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ ९.२ स्कोरका साथ प्रथम भएकी छन् । कर्णालीकी आशा शाही र सुदूर पश्चिमका दीपिका चौधरी क्रमशः दोस्रो र तेस्रो बने । यस्तै, पुरुष नान छ्वान अलराउन्डमा कर्णाली प्रदेशले स्वर्ण जितेको छ । कर्णालीका दीपक हमाल १८.५४ स्कोरका साथ च्याम्पियन बनेका हुन् । प्रहरीका शनि श्रेष्ठ र वागमतीका सागर श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।

महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगरले स्वर्ण, प्रहरीकी अञ्जिता स्याङ्तानले रजत र प्रहरीकी ममता सुनुवारले कास्य पदक जिते ।

थाउलोको पुरुष ताब सु कुन्सुमा स्वर्ण र रजत दुवै सेनाले जितेको छ । सेनाका विश्व बुढामगर १७.६९ अंकका साथ प्रथम हुँदा सेनाकै राजीव तामाङ १७.६७ अंकका साथ दोस्रो बने । प्रहरीका रवीन्द्र आलेले कास्य जिते । महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले १८.१० स्कोरका साथ स्वर्ण जितिन् । सुदूर पश्चिमकी अलिसा खाती र सेनाकी मोनिका थापाले क्रमशः रजत र कास्य पाए ।

सान्सौतर्फ सेनाले ६ स्वर्ण जितेको छ । पुरुष ४८ केजीमा सेनाका यामराज थापामगरले स्वर्ण जिते । सशस्त्रका गौतम श्रेष्ठले रजत र प्रदेश १ का गणेश लिम्बु र गण्डकीका स्माइल भण्डारीले कास्य जिते । पुरुष ५२ केजीमा शसस्त्र प्रहरीका अशोक खालिङले स्वर्ण, सुदूर पश्चिमका शिवराज सुनारी मगरले रजत र वागमतीका अनिष परियार र सेनाका मदनकुमार श्रेष्ठले कास्य जिते ।

पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारोले स्वर्ण र वागमतीकी कान्ति लामाले रजत, प्रहरीका रोशन अछामी र गण्डकीका ज्ञानेन्द्र सिंहले कास्य जिते । ६० केजीमा सशस्त्रका मंगलप्रसाद थारुले स्वर्ण, प्रहरीकी मुकेश पण्डितले रजत, सेनाका कमल आचार्य र प्रदेश १ का रोहित लिम्बुले कास्य जिते ।

६५ केजी तौल समूहमा प्रहरीका सम्मन घुस्रीले स्वर्ण, सुदूर पश्चिमका पदम ठकुल्लाले रजत, लुम्बिनीका अभिषेक ताङनामी र सेनाका राजेश चौधरीले कास्य जिते । ७० केजीबाट सेनाका पदम राईले स्वर्ण, सशस्त्रका सुवास भुल सेठीले रजत र मधेसका मो वसिम खान र गण्डकीका अनुप खड्काले कास्य जिते ।

पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरीले स्वर्ण, सशस्त्रका अनिश शाहीले रजत, प्रदेश १ का अमित लोकान्द्री र सुदूर पश्चिमका हरिचन्द्र कार्कीले कास्य जिते । ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जनले स्वर्ण, प्रदेश १ का उपेन्द्र मारिकले रजत, सुदूर पश्चिमका आलोक बुढामगर र बागमतीका राजकुमार श्रेष्ठले काश्य जिते । पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउदले स्वर्ण, सशस्त्रका निकेश श्रेष्ठले रजत तथा प्रहरीका रामेकुमार राजवंशी र प्रदेश १ का रोमन श्रेष्ठले काश्य जिते ।

सान्सौमा महिलातर्फका ६ इभेन्टमध्ये २ मा सेना, ४ सशस्त्र र १ इभेन्टमा प्रहरीले स्वर्ण जितेका छन् । महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगरले स्वर्ण, सेनाकी मनिषा प्रधानले रजत, प्रहरीकी नवीना विक र सुदूर पश्चिमकी अस्मिताकुमारी गाहामगरले कास्य पदक जिते । महिला ५२ केजीमा सेनाकी एलिना चौधरीले स्वर्ण, प्रहरीकी आसु हल्वाइ साहले रजत, वागमतीकी शासन थिङ र गण्डकीकी सीमा गुरुङले कास्य पदक जिते ।

५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङले स्वर्ण, प्रहरीकी रीता ठकुल्लाले रजत तथा सुदूर पश्चिमकी सुमिना विक र सेनाकी मुभी राईले काश्य पदक जिते । ६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण, सुदूर पश्चिमकी सृजना खनालले रजत, प्रहरीकी रोजिना सुनुवार र कर्णालीकी गोमा आफ्रेले कास्य जिते ।

महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण, सेनाकी लुमन्ती श्रेष्ठले रजत तथा प्रहरीकी आयुषा महर्जन र सुदूर पश्चिमकी गोमती साउदले काश्य जिते । ७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पाउँदा गण्डकीकी अनिसा आलेमगरले रजत तथा प्रहरीकी पूजा गुप्ता र वागमतीकी वास्ताकुमारी पाख्रिनले कास्य जितेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।

उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो । एनआरएनएको उसुमा सहभागीता थिएन ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !