शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : जिम्न्यास्टिकमा १४ स्वर्ण सहित आर्मी च्याम्पियन 

बुधबार, कार्तिक २, २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : जिम्न्यास्टिकमा १४ स्वर्ण सहित आर्मी च्याम्पियन 
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । 

नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । 
एपिएफले ५ स्वर्ण, १७ रजत र ४ कास्य  पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै बागमती प्रदेशले ६ स्वर्ण र ८ कास्य पदक जित्दै तेस्रो स्थानमा रह्यो ।

टिम इभेन्टअन्तर्गत पुरुषतर्फ १२१.९२५ अंक सहित आर्मीले स्वर्ण पदक जितेको छ । ११३.५५५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ । ९३.१५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले कास्य पदक जितेको छ । 

टिम इभेन्ट महिलातर्फ ७१.४७५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले स्वर्ण पदक जितेको छ । ६४.३७५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ भने ४८.६७ अंक प्राप्त गर्दै नेपाल आर्मीले कास्य पदक जितेको छ । भुई व्यायममा पुरुषतर्फ ७.९० अंक प्राप्त गर्दै आर्मीका राजु राईले स्वर्ण जितेका छन् । आर्मीकै रोहन बुढाथोकीले ७.४० अंक प्राप्त गरी रजत र एपिएफका उज्वल तिवारीले ७.०५ अंक प्राप्त गरी कास्य जितेका छन् ।

भुई व्यायम महिलातर्फ आर्मीकै विदीशा न्यौपानेले ८.३५ अंक सहित स्वर्ण पाएकी छन् । एपिएफकी सुनिता दर्नालले ८.०० अंक सहित रजत र ७.९५ अंक सहित बागमती प्रदेशकी प्रकृति थापा मगरले कास्य पदक जितेकी छन् । 
पोमेल हर्स पुरुषतर्फ एपिएफका रिकेश तामाङले स्वर्ण, आर्मीका राजु राईले रजत र आर्मीकै पिज महर्जनले कास्य पदक जितेका छन् । रोमन रिङमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका सुनिल बुढाथोकीले कास्य पदक जितेका छन् । 

भल्टिङ हर्स पुरुषतर्फ आर्मीका रोहन बुढाथोकीले स्वर्ण, आर्मीकै राजु राईले रजत र एपिएफका श्रीकृष्ण खरबुजाले कास्य पदक जितेका छन् । प्यारालल बारमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् । 

होराइजेन्टल बारमा आर्मीका राजु राईले स्वर्ण, आर्मीकै विश्वास सुवेदीले रजत र एपिएफका उज्वल तिवारीले कास्य पदक जितेका छन् । अलअराउण्ड पुरुषतर्फ आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् । 

भुई व्यायमअन्तर्गत महिलातर्फ आर्मीका बिदिशा न्यौपानेले स्वर्ण, एपिएफका सुनिता दर्नाले रजत र बागमती प्रदेशका प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । भल्टिङ हर्स महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, एपिएफकै सुनिता निरौलाले रजत र बागमती प्रदेशकी प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । 

अलअराउण्ड महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, आर्मीकी बिदिशा न्यौपानेले रजत र एपिएफकै सुनिता निरौलाले कास्य पदक जितेकी छन् । 

महिलातर्फको  खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार इभेन्टमा प्रतिस्पर्धा भएका थिए । पुरुषतर्फ ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । 

Bajaj Pulsar Motorcycle Ad
जिम्न्यास्टिकमा १४ स्वर्ण सहित आर्मी च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी