पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक आर्मीका बसन्त थारु र एपीएफकी सोनी गुरुङले जितेकी छिन् ।
पोखरा फेवातालमा बुधबार भएको ट्रायथोलनको पुरुषतर्फ बसन्त र महिलातर्फ सोनीले स्वर्ण जितेका हुन् ।
पुरुष स्प्रिन्ट विधामा बसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ०९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् ।
आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेन्डमा पूरा गर्दै रजत जिते ।
कास्य जितेका एपीएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जिते ।
महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
पुलिसकी शेर्बी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत जितिन् ।
आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पूरा गर्दै कास्य पदक हात पारेकी छिन् ।