शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान

आइतबार, असोज ३०, २०७९खेलपाटी संवाददाता
नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान
Classic Tech Internet Ad

पोखरा । नेपाली सेनाका नासिर याह्या हुसेन र डुवाना लामाद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८.३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५.३९ सेकेन्डको  र ब्यक्तिगत मिड्लेमा २ मिनट ११.८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११.२३ सेकेन्ड समयका साथ दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५ औं विश्व फिना च्याम्पियनसिपमा कायम गरेका थिए । २०० मिटर फ्रिस्टायलमा सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पाए । यस्तै ब्यक्तिगत मिड्ले तर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले क्रमशः रजत र कास्य पाए ।

फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा दुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा राखेको ३५.४६ सेकेन्डको समयमा सुधार गर्दै ३५.२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन् । एपिएफकी रोयल प्रजापतीले रजत र सेनाकी उपास्ती महर्जनले कास्य पाईन् ।

महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनट ३०.६४ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसका आर्या महर्जन र समिरा शोभा थापा मगरले रजत र कास्य पाए ।

५० मिटर ब्रेष्टस्ट्रोको पुरुष तर्फ प्रदेश १ को विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी ३१.२० सेकेन्ड समयमा पुरा गरेका हुन् । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपंकर अवालले कास्य पाए ।

महिलाको २०० मिटर फ्रिस्टायलमा डुवानाले २ मिनट १४.६४ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य पाए ।

महिला १०० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन सेनाकी गौरिका सिंहले स्वर्ण जितिन् । उनले उक्त दूरी १ मिनट ५.५० सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र सेनाकी अनुशिया तण्डुकारले रजत जिते । पुरुष तर्फ एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले स्वार्ण जिते । गुरुङ्गले १ मिनट २.८४ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । प्रदेश १ का प्रारम्भ भण्डारी र एपिएफका जाडेन श्रेष्ठले रजत र कास्य पाए ।

४०० मिटर फ्रिस्टायल रिलेमा गौरिका सिंह, डुवाना लामा, उपास्ती महर्जन र अनुशिया तण्डुकार समाविष्ट सेनाले ४ मिनट १९.४५ सेकेन्ड समयका साथ स्वर्ण जित्यो ।

पुरुष तर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युभान लाल श्रेष्ठ, सनिल कुमार थापा मगर, शंकरसना बहादुर रघुबंशी र सुविज्ञ मान तुलाधर सम्मिलित पुलिसले ८ मिनट २७.८९ सेकेन्ड समयका साथ स्वर्ण प्राप्त गर्यो । बागमती प्रदेशले रजत र सेनाले कास्य पायो ।

Bajaj Pulsar Motorcycle Ad
नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट