च्यासलमाथि पुलिसको सहज जित
सोमबार, मंसिर १०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २ - ० ले पराजित गरेको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पुलिसलाई जित दिलाउन रवि पासवान र भरत साहले एक एक गोल गरे ।
च्यासलविरुद्ध खेलको ३८ औं मिनेटमा रबीले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई २ - ० को सहज जित दिलाए ।
लिगको पुलिसको यो दोस्रो जित हो । जितसंगै पुलिसले ४ खेलबाट ७ अंक जोडेको छ । च्यासलको यो दोस्रो हार हो । च्यासलले ४ खेलबाट ४ अंक जोडेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)