पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ आर्मी क्लबकी गौरिका सिंहले आइतबारको एक इभेन्ट्समा प्रतिस्पर्धा नगर्ने भएकी छिन् ।
अस्वस्थ्य भएपछि गौरिकाले ८ सय मिटर फ्री स्टाइल खेल नखेल्ने भएकी हुन् ।
पेट दुखेको कारण गौरिकाले यस अघि शनिबार १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकको इभेन्ट्स खेलेकी थिइन् ।