नवौं राष्ट्रिय : साइक्लिङ डाउन हिलमा निश्मालाई स्वर्ण
शनिबार, असोज २९, २०७९खेलपाटी संवाददाता
1665827005.jpg&w=3840&q=75)
पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको महिला डाउन हिलमा त्रिभुवन आर्मीकी निश्मा श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिबार रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
निश्माले १३ औं सागमा स्वर्ण पदक जितेकी थिइन् ।
महिलातर्फ नै आर्मीकी उषा खनालले २ मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।
कास्य पदक जितेकी गण्डकीकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डको समय निकालिन ।
नवौं राष्ट्रिय : साइक्लिङ डाउन हिलमा निश्मालाई स्वर्ण













