• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
राष्ट्रिय खेलकुदले विविध चुनौती भोगिरहेको छ – उपराष्ट्रपति पुन
खेलपाटी संवाददाता
शुक्रबार, असोज २८, २०७९ खेलपाटी संवाददाता
राष्ट्रिय खेलकुदले विविध चुनौती भोगिरहेको छ – उपराष्ट्रपति पुन

पोखरा । उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय खेलकुदले विविध चुनौती भोगिरहेको बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले चुनौतीका वाबजुत हरेक संस्करणमा फरक गर्दै आइरहेका बताएका हुन् ।

‘राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको छ । तथापी यसले हरेक संस्करणमा केहीं नयाँ गर्दै आएको छ । २०३८ भदौ २७ देखि असोज ४ सम्म भएको प्रथम संस्करणमा १६ वटा खेल समावेश थिए । जम्मा २६६ पदकका लागि भएको राष्ट्रिय खेलकुदमा १४ सय ४३ जना खेलाडी सहभागी थिए,’ पुनले भने, ‘पोखेरेली सहरले ३९ वर्षपछि दोस्रो पटक स्वागत गरेको यो नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेलमा प्रतिस्पर्धा चलिरहेको छ । पदक संख्या १३ सय ८६ पुगेको छ । प्रतिस्पर्धामा करिब आठ हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ । यो खेलकुदमा सहभागी खेलाडीमध्य करिब ४७ प्रतिशत महिला हुनुहुन्छ ।'

उपराष्ट्रपति पुनले स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइमा पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय रहेको बताए ।

‘निश्चय नै, हाम्रा खेलाडी मित्रहरुले स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहनु भएको छ । तर पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय छ । खेलकुदको माध्यामबाट नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु हुने सबै खेलाडी र सम्बद्ध पदाधिकारीहरुमा यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु,’ पुनले भने ।

नवौं उद्घाटनमा उपराष्ट्रपतिको सम्बोधनको पूर्णपाठ  -

नवौं राष्ट्रिय खेलकुदका अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्रीज्यू,

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, प्रदेशका मन्त्रीज्यूहरु,

नेपाल सरकारका उच्च पदस्थ कर्मचारी मित्रहरु,

राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीज्यूहरु,

प्रशिक्षक, खेलाडी, व्यवस्थापक मित्रहरु,

सञ्चारकर्मी साथीहरु,

आदरणीय पोखरेली तथा गण्डकीबासी दिदीबहिनी तथा दाजुभाइहरु,

यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार ।

          माछापुच्छ्रेको काख र फेवातालको किनार, देशकै प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरामा आयोजित ‘नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोह’मा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गौरवको अनुभूति भएको छ । यहीं कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुने नेपाली खेलाडी र खेलप्रेमीहरुको यो महान् उत्सव नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलसम्बद्ध संघ÷संस्था, प्रशिक्षक, खेलाडी, पदाधिकारी र खेलप्रमेमीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु ।

हामीले नेपालीहरुको ठूलो पर्व दसैँलाई भर्खरै विदाइ गरेका छौँ । तिहार, नेपाल संवत्, छठ लगायतका हाम्रा धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु सन्निकटमा छन् । यी चाडपर्वहरुले हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने र देशको समृद्धिका लागि सकारात्मक उर्जा प्रदान गर्ने अपेक्षासहित यी पर्वहरुको अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरु, यहाँहरुका परिवारजन र सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु ।

आदरणीय महानुभावहरु,

          राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकहरुका लागि यो ठूलो महोत्सव हो । हामी हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुगेका छौँ । आजभन्दा ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको छ । यहाँ थुप्रै किर्तिमान बनेका छन् । अवसरहरु सिर्जना भएका छन् । चुनौतीहरु पन्छिदै गएका छन् । सम्भावनाहरु देखिएका छन् । भौतिक पूर्वाधार निर्माण हुदै गएका छन् । राष्ट्रिय खेलकुद आयोजना हुने सहरहरुले आफूलाई फेर्ने अवसर पाएका छन् र समृद्धिको मार्गमा अग्रसर भईरहेका छन् । खेलकुद आम नेपालीहरुको लागि चाँसो र प्राथमिकताको विषय बनेको छ । खेलकुदप्रतिको सोंचमा निकै सकारात्मक परिवर्तन आएको छ ।

          राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको छ । तथापी यसले हरेक संस्करणमा केहीं नयाँ गर्दै आएको छ । २०३८ भदौ २७ देखि असोज ४ सम्म भएको प्रथम संस्करणमा १६ वटा खेल समावेश थिए । जम्मा २६६ पदकका लागि भएको राष्ट्रिय खेलकुदमा १४ सय ४३ जना खेलाडी सहभागी थिए । यो पोखरालाई देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र यसको मुहार फेर्न कोशेढुंगा सावित भएको २०४० साल चैत्र १२ देखि २० गतेसम्म यसै भूमीमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २१ खेलमा प्रतिस्पर्धा गराइएको थियो । जम्मा ३७० पदकका लागि भएको प्रतिस्पर्धामा २ हजार ५७ जना खेलाडी सहभागी थिए । ती खेलकुदमा सबै भूगोलबाट र महिला सहभागीता न्यून मात्रामा थियो ।

          पोखेरेली सहरले ३९ वर्षपछि दोस्रो पटक स्वागत गरेको यो नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेलमा प्रतिस्पर्धा चलिरहेको छ । पदक संख्या १३ सय ८६ पुगेको छ । प्रतिस्पर्धामा करिब आठ हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ । यो खेलकुदमा सहभागी खेलाडीमध्य करिब ४७ प्रतिशत महिला हुनुहुन्छ । यसबाट हामी भन्न सक्छौँ –राष्ट्रिय खेलकुद विस्तार भइरहेको छ । महिला सहभागीता उल्लेख्य मात्रामा वृद्धि भएको छ । विदेशमा रहनुभएका नेपाली खेलाडीहरुसहित, विभागीय र सबै भूगोलका खेलाडीहरुको सहभागीता छ । म यस अवसरमा राष्ट्रिय खेलकुदको सुरुवात गर्दै नवौं संस्करणसम्म ल्याइपु¥याउन योगदान पु¥याउनु हुने सबैमा सम्मान व्यक्त गर्दछु ।

आदरणीय महानुभावहरु

          राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ । दूरदराजमा हुर्किएर खेलकुदमा अघि बढ्दै गरेका खेलाडीहरुको लागि त यो सपना जस्तै हो । किनकी यो खेलाडी र सम्बद्ध सबैका लागि आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभाहरु जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर हो । यो प्रतियोगिताबाट थुप्रै विधामा नयाँ राष्ट्रिय किर्तिमानहरु बन्ने मैले अपेक्षा लिएको छु । विधिवत उद्घाटन अगावै सम्पन्न विविध विधाका प्रतियोगिताहरुमा पदक विजेता टिम र खेलाडी मित्रहरुलाई बधाई दिंदै तपाईं उत्कृष्ट खेलाडीहरुलाई नयाँ राष्ट्रिय किर्तिमानका लागि शुभकामना व्यक्त गर्दछु ।

          राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुन्छ । सहरका मुहार फेरिन्छन् । यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्छ । यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुन्छन् । खेलकुद क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना बन्छन् । आज यहाँ उपस्थित हुँदै गर्दा पछिल्ला तीन संस्करणका राष्ट्रिय खेलकुदमा जनाएको सहभागीता, त्यस अवसरमा गरिएको छलफल र अहिले भइरहेका कार्यप्रगति स्मरण गरिरहेको छु ।

          सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तात्कालीन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवसहित हामीले खेलकुदको विकासका लागि स्पोर्टस् यूनिभर्सिटी स्थापना गर्नुपर्नेमा छलफल गरेका थियौँ । खुसीको कुरा आज यो कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेको छ । त्यसै समारोहको छलफलबाट कम उमेरका बालबालिकाबाट क्षमतावान खेलाडी पहिचान गर्ने उद्देश्यले राखेपले उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरुवात ग¥यो । जेष्ठ नागरिक खेलकुद प्रतियोगिताको प्रक्रियामा अगाडि बढेको छ । नेपालका सबै क्षेत्रमा खेलिने भलिबल राष्ट्रिय खेल बन्यो । गणतन्त्र प्राप्ति पछिको सरकारले खेलकुदलाई प्राथमिकता दिंदै युवा तथा खेलकुद मन्त्रालय बनायो ।

          हामीले भनेका थियौँ –सातौं राष्ट्रिय खेलकुदले धरानको मुहार फेर्नेछ । बाँसले बारिएको धरानको रंगशाला अहिले भव्य बनेको छ । आठौं राष्ट्रिय खेलकुदका लागि लुम्बीनीलाई झण्डा हस्तान्तरण गर्दा मैले भनेको थिएँ –लुम्बीनीले खेल पूर्वाधारमा छलाङ मार्नेछ । अहिले त्यसै भएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीलाई झण्डा हस्तान्तरण गर्दा मैले नै भनेको थिएँ –गण्डकीले खेलकुद पूर्वाधारमा फड्को मार्नेछ । दोस्रो राष्ट्रिय खेलकुदले स्थापित गरेको पोखरालाई यो प्रतियोगिताले थप अगाडि बढाएको छ । गण्डकी प्रदेशको खेलकुद पूर्वाधार विकास भएको छ । म यो आयोजना र खेल क्षेत्रको विकासका लागि पोखरेली र गण्डकीबासीमा बधाई दिन चाहन्छु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

          आजको विश्वमा भातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी हो । व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान हो । मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाइचारा विकास गर्न तथा शारीरिक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक छ । त्यसैले त स्वास्थ्यको लागि खेल, पहिचानका लागि खेल, राष्ट्रका लागि खेल, अनुशासन र समृद्धिका लागि खेल, राष्ट्रिय एकताका लागि खेल भनिएको छ ।

          खेलकुद विकासको पहिलो शर्त भने पूर्वाधारको विकास नै हो । यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन । वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ । सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन । सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ –खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं , राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासविना यसको विकास कठिन हुन्छ ।

आदरणीय खेलाडी मित्रहरु,

          पदक जित्नुमात्र विजयी हुनु होइन । जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैमा ठूलो विजय हो । कुनै समय म राष्ट्रिय खेलकुदका लागि छनौट भए तापनि विविध कारणले सहभागी हुन नपाएको मैले आज स्मरण गरिरहेको छु । यस्तो परिस्थिति यहाँहरु थुप्रैले भोग्नु भएको होला । म यस अवसरमा विभिन्न छनौट चरण पार गर्दै राष्ट्रिय खेलकुदमा आएर प्रतिस्पर्धा गर्नुहुने सम्पूर्ण खेलाडीहरुमा बधाई ज्ञापन गर्दछुु । गहिरो आत्मविश्वास र उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिन आग्रह गर्दछु ।

          निश्चय नै, हाम्रा खेलाडी मित्रहरुले स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहनु भएको छ । तर पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय छ । खेलकुदको माध्यामबाट नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु हुने सबै खेलाडी र सम्बद्ध पदाधिकारीहरुमा यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु ।

          विगतको तुलनामा खेलाडी मित्रहरुको सेवा सुविधामा भने अवश्य वृद्धि भएको मैले जानकारी पाएको छु । खेलाडी मित्रहरुले यस क्षेत्रमा लामो समय बेतित गर्नुभएको छ । खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाण पत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेका छन् । यस विषयलाई गहिरो गरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । खेल क्षेत्रका कर्मचारीरुको लामो समयदेखि बढुवा हुन नसकेको र संघीय कानून बमोजिम समायोजन हुन नसकेका गुनासा पनि छन् । यसतर्फ पनि ध्यान दिन म ध्यानाकर्षण गराउन चाहन्छु ।

अन्त्यमा, मलाई नवौं राष्ट्रिय खेलकुद उद्घाटन समारोहमा आमन्त्रण गर्नुभएकोमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्प्रति आभार व्यक्त गर्दछु । यस प्रतियोगिताले हरेक दुई वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद । जय खेलकुद ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP