युनाईटेडको साँघुरो जित
शुक्रबार, २८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले साँघुरो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले ओमोनिया निकोसियालाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनीले निर्णायक गोल गरे ।
उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै समूह ई को युनाईटेडले ४ खेलमा ९ अंक जोडेको छ ।
युनाईटेड समूहको दोस्रो स्थानमा रहेको छ ।
युनाईटेडको साँघुरो जित










-1774509889599.jpeg&w=3840&q=75)


-1774491612727.webp&w=3840&q=75)