काठमाडौं । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति बोडो ग्लिम्टलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा स्थान बनाएको हो ।
आर्सनलको जितमा बुकायो साकाले निर्णायक गोल गरे ।
साकाले खेलको २४ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह ए को आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा रहेको छ ।
बोडो ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।