नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत
बिहिबार, २७ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।
पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार बागमतीले मधेश प्रदेशलाई २-० गोल अन्तरले हराएको हो ।
बागमतीको जितमा सुनिल बल र अन्जन बिष्टले एक एक गोल गरे ।
पुरुष फुटबलको पहिलो खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदेश-१ लाई २-० ले हराएको थियो ।
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत










-1774509889599.jpeg&w=3840&q=75)


-1774491612727.webp&w=3840&q=75)