नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत
बिहिबार, असोज २७, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।
पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार बागमतीले मधेश प्रदेशलाई २-० गोल अन्तरले हराएको हो ।
बागमतीको जितमा सुनिल बल र अन्जन बिष्टले एक एक गोल गरे ।
पुरुष फुटबलको पहिलो खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदेश-१ लाई २-० ले हराएको थियो ।
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत













-1762763443397.jpg&w=3840&q=75)