लमजुङमा अन्तर विद्यालय ब्याडमिन्टन हुने
बिहिबार, असोज २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङमा अन्तर विद्यालय छात्र छात्रा एकल ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ।
लिटिल स्टार यूवा क्लब बेशीशहरको आयोजनामा हुने यस प्रतियोगिता फिटनेश कम्पेक्स बेशीशहरमा आयोजना हुनेछ।
प्रतियोगिताको छात्र तर्फको विजेताले ८ हजार , मेडल , ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितियले पाँच हजार,मेडल , ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछ । तेस्रो र चौथो हुनेले मेडल र प्रमाण पत्र पाउने छन् ।
छात्रा तर्फ प्रथम हुनेले पाँच हजार र दोस्रो हुनेले दुई हजार पाँच सय नगद सहित ट्रफि,प्रमाण पत्र तथा मेडल पाउनेछन् । तेस्रो र चौथो हुनेले मेडल तथा प्रमाण पत्र पाउने छन् ।
टिम दर्ताको अन्तिम मिती कार्तिक दुई गते बेलुका ७ बजे सम्म रहेको छ ।
यस प्रतियोगितामा ब्याटमिन्टन संघ लमजुङ तथा जिल्ला खेलकुद विकास समिति लमजुङ रहेका छन् ।
लमजुङमा अन्तर विद्यालय ब्याडमिन्टन हुने









-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

