काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दोहोरो गोलको बावजुद बार्सिलोना इन्टर मिलानसँग बुधबार ३–३ को रोमाञ्चक बराबरी पछि च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ ।
जाभी हर्नान्डेजको बार्सिलोनालाई आफ्नो भाग्य आफ्नै हातमा राख्न क्याम्प नोउमा जित आवश्यक थियो । उस्माने डेम्बेलेको गोलले घरेलु टोलीलाई पहिलो हाफमा अग्रता दिलायो । तर दोस्रो हाफको सुरुमै इन्टरले खेललाई आफ्नो पक्षमा फर्कायो ।
जब जेरार्ड पिकेले बक्समा गल्ती गर्दै क्रस क्लियर गर्न नसक्दा निकोलो बरेलाले बराबरी गोल गरे । लगत्तै लाउटारो मार्टिनेजले कमजोर डिफेन्सको फाइदा उठाउँदै इन्टर मिलानलाई अगाडी राखे ।
लेवान्डोस्कीले गोलकिपर आन्द्रे ओनानालाई कुने अवसरनै नदिएर गोल गरेपछि आठ मिनेट बाँकी रहँदासम्म खेल बराबरी थियो तर इन्टरको बेन्चबाट आएका रोबिन गोसेन्सले ८९औं मिनेटमा गोल गर्दै पुनः इन्टरलाई तीन अंकको नजिक पुर्याए ।
इन्जुरी समयमा पोल्यान्डका स्टार लेवान्डोस्कीको उत्कृष्ट हेडरले बार्सालाई यस खेलमा जिवित राख्यो । त्यसपछि बाँकी चार मिनेटको समयमा मार्क आन्द्रे टेर स्टेगेनले उत्कृष्ट सेभ गरेपछि बार्सा हारबाट जोगियो ।
अब समूह सीमा दोस्रो स्थानमा रहेको इन्टरलाई तीन अंकले पछि पार्न बार्सिलोनालाई मुस्किल छ । इन्टरसँग बलियो हेड टू हेड रेकर्ड छ । सिमोन इन्जाघीको टोलीले भिक्टोरिया प्लजेन वा बायर्नलाई हराएमा मात्र पनि क्वालिफाई गर्नेछ ।
बार्सिलोनाको सम्भावना धेरैनै कम देखिन्छ । उसलाई बायर्न म्युनिख र भिक्टोरिया प्लेजनलाई हराएर मात्र पुग्दैन इन्टर मिलानले दुवै खेल हारेमा मात्र उ सुरक्षित हुनेछ ।