काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भिक्टोरिया प्लेजेनलाई ४-२ गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो ।
बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले दुई गोल गरे ।
तर, बायर्नले १० औं मिनेटमा साडियो मानेको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।
१४ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्न २-० ले अघि रह्यो ।
खेलको २५ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
३५ औं मिनेटमा गोर्टेज्काले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।
६२ औं मिनेटमा एडमले गोल गर्दै प्लेजेनलाई ४-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा प्लेजेनका जान क्लिमेन्टले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो ।
यस जितसँगै समूह सी को बायर्नले ४ खेलमा १२ अंक जोडेको छ ।
प्लेजेन अंक विहीन रहदै पुछारमा छ ।