बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नवौ राष्ट्रिय : हक्की भोलिदेखि, मैदान छैन तयार  

बुधबार, २६ आश्विन २०७९खेलपाटी संवाददाता
नवौ राष्ट्रिय : हक्की भोलिदेखि, मैदान छैन तयार  
Classic Tech Internet Ad

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोलीदेखि हक्की प्रतियोगिता सुरु हुदैछ । तर मैदान भने अझै तयार भएको छैन । पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।
 
पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिताहरु जति नजिकिदै छन्, त्यति नै आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । भोलिदेखि औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि आज बल्ल हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगायतका काम गरिएको नेपाल हक्की संघको केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले बताएका छन् । 

आज पनि रातिसम्म मैदानको घाँस काटिने र बाँकी भोलि विहानैबाट काटिने तथा मैदान मार्किङ लगाएतका कार्य हुने उपाध्यक्ष खड्काले बताए । हतार हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पुर्वाधारमा खेलाडीलाई चोटपटकको चुनौती रहेकोे उनले गुनासो गरे ।

“समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिएन ।” उनले भने, “मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र स साना ढुंगाका टुक्राहरु जताततै छन् । खेलाडीलाई कसरी खेलाउने ?” स्थानिय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता दयनिय भौतिक अवस्थामा गराउन लाग्दा दुख लागेको उनले बताए ।
 
उनले भौतिक पुर्वाधार पर्याप्त नहुदाँ हक्की प्रतियोगिता प्रदेश बाहिर लैजादा राम्रो सन्देश नजाने भएकोले चुनौतिका बावजुत पनि कास्कीमै गराउन लागेको बताए । 

यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतिका बावजुत सञ्चालन गर्न लागिएको स्विकार गरेका छन् ।
 
गण्डकी प्रदेश आयोजक रहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पुर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको बताए । 

No description available.

“प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन । मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ ।” सदस्य गुरुङले भने, “बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।” 

खेल स्थल छनौट व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए । 

भोलिबाट हक्कीमा पुरुषतर्फ नौ टिम र महिलातर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । असोज २८ गते औपचारिक रुपमा उद्धघाटन हुने नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गतका केहि खेल भने सुरु भैसकेका छन् । 

No description available.

Bajaj Pulsar Motorcycle Ad
#नवौ #राष्ट्रिय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई काठमान्डुसँग बदला लिने मौका

लुम्बिनीलाई काठमान्डुसँग बदला लिने मौका

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

बदला लिँदै फाइनलमा सुदूरपश्चिम

बदला लिँदै फाइनलमा सुदूरपश्चिम

फेरि साम्बालाई खुट्टाको चोटको समस्या

फेरि साम्बालाई खुट्टाको चोटको समस्या

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक