काठमाडौं । फ्रान्सेली लिजेण्ड थिएरी हेनरीले पेरिस सेन्टर जर्मेन (पीएसजी) स्टार केलियन एम्बाप्पेको आलोचना गरेका छन् ।
फ्रान्सेली क्लब छाड्ने एम्बाप्पेको धारणामाथि टिप्पणी गर्दै हेनरीले कुनैपनि खेलाडी क्लब भन्दा ठुलो नहुने बताएका छन् ।
पीएसजीको बोर्डले आफुलाई धोका दिएको भन्दै एम्बाप्पेले पीएसजी छाड्न चाहेको समाचार बाहिर आएका छन् । उनले आगामी जनवरीमा फ्रान्सको च्याम्पियन क्लब छाड्न चाहेका छन् ।
उनको पीएसजीसँग सम्झौता सन् २०२५ सम्म रहेको छ । उनले चालू अवस्थामा रहेको सम्झौतापछि रियल मड्रिड जाने सोच रहेको बताउँदै आएका थिए । तर क्लबसँग बढ्दो असन्तुष्टिले एम्बाप्पले आगामी जनवरीमै पीएसजी छाड्ने समाचार सार्वजनीक भएको छ ।
पीएसजीले भने एम्बाप्पले क्लब छाड्ने विषयमा खण्डन गरेको छ । क्लबले यस विषयमा एम्बाप्पेले कुनै कुरा नगरेको उल्लेख गरेको छ ।
एम्बाप्पेले पीएसजीमा मेस्सी र नेयमारसँग खेल्दै आएका छन् । उनले फ्रान्सेली टोलीमा बढी स्वतन्त्रता प्राप्त गर्ने गर्छन् । पछिल्लो समय उनी ओलिभर जिराउडसँग देखिएका थिए ।
‘कुनै कुरा यस्तो पनि हुन्छ । कोही पनि क्लब भन्दा ठुलो हुन सक्दैन ।’ आर्सनलका फरवार्ड हेनरीले भनेका छन् ।
हेनरी फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनाबाट आफ्नो सोही अनुभव रहेको समेत बताएका छन् ।
‘मेरो आफ्नै कथा छन् । मलाई बार्सिलोनाबाट धेरै उच्च र ब्यापक आकारमा खेल्न मन थिएन । मलाई यो मन गर्दैन थियो । तर मैले टिमका लागि गरे ।’ हेनरीले भनेका छन् ।