• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फेरि निहुँ खोज्दै एमबाप्पे
खेलपाटी संवाददाता
बुधबार, असोज २६, २०७९ खेलपाटी संवाददाता
फेरि निहुँ खोज्दै एमबाप्पे

काठमाडौं । केलियन एमबाप्पे जनवरीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्न चाहन्छन् । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार पीएसजीसँगको उनको सम्बन्ध टुटेको छ ।

२३ वर्षीय एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरेको पाँच महिनापछि यो खबर आएको छ । स्रोतका अनुसार उनी क्लबमा मैदान भित्र र मैदान बाहिर कहिँ पनि खुशी छैनन् ।

जनवरीमा उनलाई कुनै पनि क्लबमा जान बाटो खुला छ । रियल मड्रिड उनको प्राथमिकतामा छ जुन उनले सोचे जस्तो सहज भने देखिदैन । एमबाप्पेसँग यदि सम्बन्ध बिच्छेद हुन्छ भने पेरिसले उनलाई रियल मड्रिड जान भने नदिने भएको छ । स्रोतको दाबीलाई मान्ने हो भने लिभरपुल सम्भावित दाबेदार हुन सक्छ । मड्रिड र पीएसजीको सम्बन्ध माथिल्लो स्तरमै बिग्रिएको छ । यो अब नासिर अल खलेफी र पेरेजको व्यक्तिगत लडाई भईसकेको छ । यस्तो अवस्थामा एमबाप्पेले आफुलाई कहाँ उभ्याएर यो निर्णय लिए भन्ने बुझ्न केहि समय त लाग्नेछ ।

गत समरमा एमबाप्पेले दिएको धोका के रियलले सहजै बिर्सिएर उनको पछि दौडीएला ?

पीएसजीबाट कुनै आधिकारिक टिप्पणी आएको छैन, तर स्रोतहरूले भनेका छन् कि क्लब एमबाप्पेलाई राख्न चाहन्छ र स्थिति समाधान गर्न चाहन्छ । एमबाप्पे क्लब निर्देशक लुइस क्याम्पोस, अध्यक्ष नासेर अल-खलेफी र प्रशिक्षक क्रिस्टोफ गाल्टियरले गरेका वाचाहरू पूरा नगरेको ठान्छन् । एमबाप्पेले आफ्ना नजिकका मान्छेसँग मे महिनामा क्लबमा नयाँ सम्झौतामा गरेर गल्ती गरेको बताएका छन् ।

बेन्फिकासँग पीएसजीको ड्र अघि बोल्दै, क्याम्पोसले भने, 'एमबाप्पेले आफू वा अल-खलेफीलाई जनवरीमा क्लब छाड्ने भनेर कुनै कुरा गरेका छैनन् ।'

'म धेरै आश्चर्यचकित छु किनकि म मेरा सबै दिन एमबाप्पेसँग बिताउँछु, र उनले मलाई वा अधक्ष्यलाई जनवरीमा क्लब छोड्ने सम्बन्धि केहि भनेका छैनन्,' क्याम्पोसले भने ।

एमबाप्पेले आफ्नो छेउमा नम्बर ९ जो पिभोटको रूपमा खेल्न सक्छ, उसको साथ खेल्ने सर्त राखेका थिए । त्यो पीएसजीले गरेको वाचाहरू मध्ये एउटा थियो तर त्यस्तो भएको छैन । उनले क्लबलाई अर्को सेन्टर ब्याक किन्न पनि भनेका थिए, जुन समरमा भएन जबकि एमबाप्पेको नेयमारसँगको सम्बन्ध पनि बिग्रिएको छ ।

ईएसपीएनका अनुसार लिग वन च्याम्पियन पीएसजीले समरमा नेयमारका लागि उचित क्लब भेट्टाउन सकेन । तीन वर्षको सम्झौतामा एमबाप्पेले मेमा हस्ताक्षर गरेपछि उनी विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्, यसमा ठूलो साइन-अन शुल्क पनि समावेश छ ।

फोर्ब्सका अनुसार एमबाप्पेले २०२२-२३ सिजनका लागि १२८ मिलियन डलर कमाउनेछन् । उनको यो कमाईसँगै फुटबलको धनी खेलाडी सूचीको शीर्षमा आठ वर्षमा पहिलो पटक लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बाहेक अन्य कुनै खेलाडी नम्बर १ मा पुग्यो ।

सेप्टेम्बरमा फ्रान्सले युईएफए नेसन्स लिगमा अस्ट्रियालाई हराएपछि एमबाप्पेले भनेका थिए कि उनी राष्ट्रिय टोलीका लागि खेल्दा बढी रमाइलो मान्छन किनभने उनीसँग पीएसजीमा भन्दा बढी स्वतन्त्रता हुन्छ ।

प्रशिक्षक गाल्टियरले सोमबार एक पत्रकार सम्मेलनमा एमबाप्पेसँग समस्या भएको स्वीकार गरे तर बेन्फिकासँग मंगलबारको खेल पछि उनले भने, 'मैले यसबारे उनीसँग कुरा गरेको छैन । मेरो लक्ष्य खेलमा केन्द्रित रहनु थियो । आज राती उनले सबै कुरा दिए । र, उनले आफू उत्कृष्ट खेलाडी भएको देखाएका छन्।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP