एमबाप्पे सर्वाधिक गोलकर्ता
बुधबार, असोज २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च फरवार्ड केलियन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकाविरुद्ध एक गोल गर्दै एममबाप्पे पीएसजीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।
एमबाप्पेले पीएसजीका लागि च्याम्पियन्स लिगमा ३१ गोल गरेका छन् । यस अघि एडिन्सन काभानी ३० गोल सहित सर्वाधिक गोलकर्ता रहेका थिए ।
नेयमार २१ गोल गर्दै सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका छन् ।
एमबाप्पेले कीर्तिमानी गोल गरेपनि पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
एमबाप्पे सर्वाधिक गोलकर्ता








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)