काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति पीएसजीले बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको हो ।
लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा जोआ मारियोले गोल गर्दै बेन्फिकालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पीएसजीले नकआउट चरणमा पुग्ने मौका गुमाएको छ ।
समूह एच को पीएसजी ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बेन्फिका ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।