रेस्लर जुरेलीलाई भारतमा उपाधि
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी रेस्लर अस्मिता जुरेलीले भारतमा आयोजना भएको 'रेस्लिङ युनिक वार' मा वुमन च्याम्पियनसिप म्याचको उपाधि जितेकी छिन् ।
जयपुरको इन्डोर स्टेडियममा भएको खेलमा भारतीय सुपरस्टार रेस्लर द किरालाई हराउँदै जुरेलीले उपाधि हात पारेकी हुन् ।
भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।

रेस्लर जुरेलीलाई भारतमा उपाधि














-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)