उपाधि होडमा मनाङको ‘हात माथी’

काठमाडौं । थ्री स्टार क्लबको मुख्य प्रायोजक हो, रुस्लान ।
मनाङ मर्स्याङ्दी क्लबलाई यसै सिजनबाट सिग्नेचरले प्रायोजन गर्न सुरु गरेको छ ।
गत बिहिबार दुवै क्लब लिगको तेस्रो चरणको खेलमा आमने सामने भए ।
केही समर्थकले भिडन्तलाई रुस्लान भर्सेस सिग्नेचरको रुपमा अर्थ लगाए ।
रुस्लान र सिग्नेचर, नेपाली बजारका राम्रो ब्यापार गर्ने ब्राण्ड हुन ।
पेय पदार्थको बजारमा थोरै प्रतिस्पर्धा दुवै ब्राण्डबीच चल्ने पनि गर्छ । त्यो भन्दा ठुलो प्रतिस्पर्धामा घरेलु फुटबलमा थ्री स्टार र मनाङबीच हुने गर्छ ।
गत बिहिबार शीर्ष डिभिजनको लिगमा प्रतिस्पर्धामा उत्रिएका दुवै क्लबले आफुलाई अब्बल देखाउने हर सम्भव प्रयास गरे ।
तर नतिजामा मनाङको हात माथि पर्यो । थ्री स्टारले खेल २–१ ले गुमायो ।
अर्थात रुस्लानलाई सिग्नेचरले जित्यो ।
तेस्रो चरणको नतिजाले लिगको उपाधि यात्रामा धेरै कुरा बोल्ने खेलका जानकारहरु बताउँछन् ।
तर मेघराज केसी यो मान्न तयार छैनन् । थ्री स्टारको प्रशिक्षकको रुपमा पहिलो पटक मनाङसंग हारेका केसीले लिगको अझ धेरै उतार चढाव आउन बाँकी रहेको बताए ।
'अझै धेरै बाँकी छ । नतिजाले लिगको उपाधि यात्रामा खासै फरक पार्दैन ।' उनले भने, 'मनाङ धेरै हदसम्म भाग्यमानी रह्यो । उसले त्यही अनुसारको मेहनतपनि गर्यो ।'
जितपछि मनाङले थ्री स्टारमाथी ३ अंकको अग्रता लिएको छ ।
लिगमा धेरै अप्रत्यासित नतिजा निस्किएका छैनन् । केही राम्रा क्लबले नाम अनुसारको नतिजा दिन सकेका छैनन् । तर बलिया टिमलाई हराउने गरि साना क्लबले टिम बनाउन सकेका छैनन् ।
थ्री स्टारविरुद्वको जितले मनाङलाई धेरै कुरामा राहत दियो । चोटले पिरोलिएको मनाङलाई बेन्चका खेलाडीले धेरै आत्मविश्वास दिलाए ।
‘ठुला खेलाडी नहुदाँ समेत युवा र बेन्चका खेलाडीको प्रर्दशनले हामीले जित निकाल्न सक्यौ । खेलाडीको शतप्रतिशत मेहनतले हामीले थ्री स्टारविरुद्वको खेल जित्यौ ।’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने ।
जितपछि मनाङ शीर्ष स्थानमा उक्लिएको छ । तीन जित सहित मनाङ ९ अंक सहित पहिलो, सिएमजी संकटा दोस्रो स्थानमा रहेको छ ।
तेस्रो चरणको खेलमा ब्रिगेड ब्वाइज क्लबले ठुलो जित निकाल्यो । उसले कान्छो विभागीय टोलीलाई स्तब्ध बनायो । प्रशिक्षक करियरमा पहिलो पटक ए डिभिजन हेरिरहेका उर्जन श्रेष्ठले करियलको ठुलो सफलता हात पारे ।
‘ए डिभिजन लिगमा मेरो पहिलो जित हो । धेरै खुसी छु । प्राप्त जित सबै समर्थक, खेलाडी अनि परिवारलाई समर्पित गर्न चाहन्छु ।’ उनले भने ।
उनले यसअघि ब्रिगेड ब्वाइजकोे उमेर समुहको टोली हेरेका थिए । ललित स्मृति च्याम्पियनसिपमा ब्रिगेडलाई च्याम्पियन बनाउन उनी सफल रहे ।
तेस्रो चरणको खेलमा च्यासलले प्रभावशाली जित निकाल्यो । उसले न्युरोड टिम एनआरटीलाई ५–१ गोल अन्तरले हरायो । राम्रा खेलाडी अनुबन्धन गरेर जित निकाल्न नसकेको च्यासललाई पछिल्लो जितले ठुलो राहत दिएको छ ।
विमल घर्तिमगर, सन्तोष साहुखल र अमिर श्रेष्ठको गोलले क्लबको आत्मविश्वास बढेको छ । तेस्रो चरणको प्रभावशाली जितले च्यासललाई लिगमा बलियो दाबेदारको रुपमा प्रस्तुत गरिदिएको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)