बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय खेलकुदको तयारीमा उपाध्यक्षको असन्तुष्टि

बिहिबार, असोज २०, २०७९खेलपाटी संवाददाता
राष्ट्रिय खेलकुदको तयारीमा उपाध्यक्षको असन्तुष्टि
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाले गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा असन्तुष्टि जनाएका छन् । 

प्रतियोगिताको व्यवस्थापन र तयारीमा खेलकुदको नेतृत्वले गम्भिरता नदेखाएको भन्दै उपाध्यक्ष कोईरालाले सार्वजनीक रुपमै नवौंको तयारीमा असन्तुष्टि जनाएका हुन् । 

‘क्रान्तिकारी आन्दोलनको विगतलाई योग्यताको मापदण्ड बनाएर शिखर उक्लदै गरेका साथीहरुले समेत माफियाहरुको बैशाखी टेकेको देख्दा, देख्नेलाई समेत लज्जाबोध हुँदोरहेछ ।’ उपाध्यक्ष कोईरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रान्ति कुनै धितो हैन, बन्धक राखेर लोन निकाल्न ।’

‘खेल खेलौ, खेलवाड नखेलौं ।’ चेतावनी शैलीले कोईरालो थपेका छन् । 

उनले सामाजिक सञ्जालमै राष्ट्रिय खेलकुदको पर्व विरालो बाधेर श्राद गरे जस्तै देखिएको टिप्पणी पनि गरेका छन् ।  

नवौं राष्ट्रिय खेलकुदको आयोजनाको संघारमै उपाध्यक्ष कोईरालाले यसको तयारी र व्यवस्थापनप्रति असन्तुष्टि पोखेका हुन् । कोईराला सत्तारुढ दल माओवादी केन्द्रको खेलकुद संगठन अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पनि हुन् । 

उनकै पार्टी माओवादी केन्द्रबाट महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरिरहेका छन् भने माओवादी केन्द्रकै सिफारिसमा टंकलाल घिसिङले राखेपको सदस्य सचिवको जिम्मेवारीमा काम गरिरहेका छन् । समग्र पार्टी नेतृत्वले नेपाली खेलकुदको कार्यकारी जिम्मेवारी लिएको समय उपाध्यक्ष कोईराला खेलकुदको कार्यकारी नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् । 

‘नवौंको तयारी हेर्दा पुराना कीर्तिमान भंग हुने देखिदैन । कीर्तिपुरमा बिजोग तरिकाले क्रिकेट खेलको आयोजना गरियो । पोखरा पनि यही पाराले खेल सक्ने सम्भावना देखिन्छ । हरेक प्रदेशमा छनोटमा विवाद देखिन्छ । तयारी हेर्दा बाँडिचुडी खाने काम जस्तै भएको छ ।’ कोईरालाले आफु निकट नेतासँग सुनाउने गरेका छन् ।

अघिल्लो हप्ता राखेपले राखेपले नवौं राष्ट्रिय खेलकुदको तयारी एवं व्यवस्थापन समन्वयको कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा नवौंको तयारीप्रति व्यङ्गे गर्दै उपाध्यक्ष कोईरालाले राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीलाई नयाँ ट्रयाक सुट बाँड्ने प्रतियोगिता मात्र नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

‘हरेक उप समितिका संयोजकले अधिकारको हस्तक्षप भयो भनेर भनिरहेका छन् । राखेपको कार्यकारी नेतृत्व 'वान मेन आर्मी'को तरिकाले काम गरिरहेको छ । खेल र खेलाडीको व्यवस्थापनमा कसैको चासो देखिदैन ।’ कोईरालाको भनाई उद्धित गर्दै माओवादीका एक नेताले भने । 

‘प्रतियोगिता हुने प्रदेशको खेलकुद मन्त्री र सदस्य सचिव खुसी छैनन् । केही खेलाडी घरमै बसेर छनोट भएका छन् । प्रदेशबाट फालिएका खेलाडी एनआरएनको टिम भन्दै कुदेका छन् । यस्तो नि कहि हुन्छ ?’ कोईरालाको असन्तुष्टि सुनाउँदै ती नेताले भने, ‘बोलौ, आफ्नै पार्टीको सरकार छ । नबोलौं राष्ट्रिय खेलकुदको नाममा यो बिजोग हेरेर बस्नु परेको छ ।’  

Bajaj Pulsar Motorcycle Ad
#राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि